Questions? 056-590867

डन एकेडेमीको ऐतिहासिक सफलता: संघर्ष र समर्पणले जित्यो U-13 फुटबल उपाधि

अन्तरविद्यालय स्तरीय U-१३ फूटबल प्रतियोगिता २०८१ को उपाधी यस एकेडेमीले जितेको छ । सरस्वती पूजाको अवसरमा माघ २१ गतेदेखि २३ गतेसम्म यसै एकेडेमीद्वारा आयोजित सो प्रतियोगितामा चितवन र नवलपुरका करिव ३० ओटा विद्यालयहरू समाबेश भएका थिए । फाइनल खेलमा सिर्जना बोर्डिङ स्कुल विरुद्ध खेलको २५ औं मिनेटमा यस एकेडेमीका संगम थापाले निर्णायक गोल गर्दै १-० गोल अन्तरमा उपाधी जिताएका थिए । खेलमा उत्कृष्ट गोल किप्पर यसै एकेडेमीका सौगात तामाङ, उत्कृष्ट डिफेन्डिङ सुशान्त गर्जा मगर, अधिक गोल कर्ता समर्पण राउत तथा उदीयमान खेलाडीका रूपमा संगम थापा पुरस्कृत भएका छन् ।