Questions? 056-590867

डन एकेडेमीको २१औं वार्षिकोत्सव सम्पन्न

डन एकेडेमीले आफ्नो २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह माघ २६ गते शनिबार विद्यालय परिसरमा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अथिति, विषेश अथिति र अथितिहरुको साथै विद्यार्थी, शिक्षक, अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ९ का वडाध्यक्ष श्री यमलाल कंडेल रहेका थिए भने विशिष्ट अतिथिहरूमा शिक्षा अधिकृत ऋषिराम शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष नामदेव न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज ओस्ती, र विद्यालय संचालक समितिका अध्यक्ष मनोज बिष्ट सहभागी भएका थिए।

समारोहको मुख्य आकर्षण विद्यार्थीहरूको Maths and Science Exhibition, नृत्य, संगीत, नाटक, र कराते प्रस्तुतिहरू थिए। यी गतिविधिहरूले विद्यार्थीहरूको सिर्जनात्मकता र प्रतिभालाई उजागर गर्दै कार्यक्रममा उत्साह थपेको थियो।

समारोहमा जग्गादाता तथा विद्यालय सुधार समितिका अध्यक्ष विशाल रोल, शिक्षक अभिभावक संघका सदस्यहरू, र अन्य अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यालयको प्रगतिको लागि देखाएको रुचि र सहयोगले कार्यक्रममा थप ऊर्जा प्रदान गर्यो।

कार्यक्रमको अवसरमा विद्यालयका १२ वर्षदेखि योगदान पुर्याउँदै आएका उप-प्राचार्य रोहिणी प्रसाद चापागाईंलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा विद्यालय संचालक समितिका अध्यक्ष मनोज बिष्टले सबै अतिथि, अभिभावक, शिक्षक, र विद्यार्थीलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक र भौतिक प्रगतिको महत्त्वमाथि जोड दिए। यस्ता समारोहहरूले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास विद्यालयले लिएको उनको भनाइ थियो ।